काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ९ गतेदेखि हकप्रद शेयर बिक्री एवं निष्काशन गर्ने जनाएकोछ । लिमिटेडले आफ्नो शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जसमा १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर, १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीमा एक शेयर बराबर नयाँ एक कित्ता निष्काशन गर्न लागेको हो । यो शेयरको अनुपात अर्थात शत प्रतिशतका दरले भएको देखिन्छ ।
असार २७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयर भर्न पाउने छन् भने यसका लागि साउन ९ गतेदेखि भदौ ११ गतेसम्म भर्न पाउने समय तोकिएको छ।
हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ । लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने बताइएको छ ।
२०७६ असार २२ गते प्रकाशित
वि.सं.२०७६ असार २२ आइतवार १४:२८ मा प्रकाशित