back
NMB ad

विमला तामाङ प्रकरण : आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ

Kumari bank ad

काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ ।

घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो ।

तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।

रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।

अघिल्लो दिन सोमबार राति विमला हराएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । परिवारका सदस्यले भोलिपल्ट अस्पतालभित्रै ताल्चा लगाइएका दुई कोठामा विमला भएको आशंका गर्दै खोल्ने प्रयास गरे । तर अस्पतालका कर्मचारीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेललाई नसोधी खोल्न नमिल्ने बताएपछि ढोका खोलिएन । भोलिपल्ट सोही कोठामा विमला झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यही घटनाक्रमले यो काण्ड रहस्यमय देखिएको हो । त्यसैगरी मृतकका साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । उक्त नोटमा दुई कर्मचारीको नाम लेखिएको थियो भने ‘म्याम’ भनेर सञ्जेल पत्नी कलालाई संकेत गरेको मृतक परिवारजनको दाबी छ ।

घटनाको प्रकृति हेर्दा आत्महत्या हुनै नसक्ने भन्दै परिवार र समितिले पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गौशालाका डिएसपी प्रदिपकुमार सिंहले हेर्नुपर्ने केशलाई माथिल्लो निकायका डिएसपी होविन्द्र बोगटिलाई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरिएको आरोप लगाइएको छ ।

२ हप्तापछि मृतक तामाङको भिएसआर जांच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थिती बिना गरिएको समितिको आरोप छ ।

भिएसआर पुनः परीक्षण गर्न माग गर्दा शवबाट अब रगत नै नआउने भएकाले परीक्षण गर्न नमिल्ने जवाफ चिकित्सकले दिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिंहदेव तामाङले बताए ।

राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको अध्यक्ष तामाङको आरोप छ । “घटनाको छानविन गर्नुको साटो लास बुझ्न दबाब दिइयो । ताल्चा लगाएको कोठाभित्र लास भेटिएको घटना छानविन नगरी कसरी सहमति हुन सक्छ ?” तामाङले प्रश्न गरे ।

अध्यक्ष तामाङले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउंदै आफैं छानविनमा सहभागि हुन आग्रह समेत गरे ।

आफूहरुले सकभर न्यायपूर्ण तरिकाले प्रशासनले नै सत्य तथ्य उजागर गरोस् भन्ने चाहेको तर छलछाम गरेर अन्याय गर्न खोजिएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको अध्यक्ष तामाङले बताए ।

अभियुक्तलाई किटानी जाहेरी दिइएको जानकारी दिँदै तामाङले दोषीलाई जन्मकैद हुनुपर्ने माग गरे । साथै समता अस्पतालको कर्मचारी भएका नाताले विमला तामाङको परिवारलाई उचित क्षतिपूर्ति पनि दिनुपर्ने माग अघि सारिएको उनले बताए ।

समता अस्पतालको संचालक समितिमाथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।

समितिले जारी गरिएको विज्ञप्तिमा हत्याको आशंका गर्दै लेखिएको छ–“हाम्रो विचारमा अस्पतालभित्र दुई नम्बरी धन्दा भइरहेको थियो । मृतक विमला तामाङ त्यसबारे केही जानकार भएकाले त्यसलाई बाहिर उजागर गर्लिन भनेर विष खुवाई वा इन्जेक्सन दिई मारेको हुनपर्छ भन्ने हाम्र्रो बुझाई छ ।”

समितिले अपराधीलाई जन्मकैदको सुनिश्चितता र विमालको परिवारले पाउनुपर्ने क्षतिपूर्ति नपाएसम्म लास नबुझ्ने अडान लिएको छ ।

पत्रकार सम्मेलनमा विमलाका श्रीमान् बुद्धराज तामाङ उपस्थित भए पनि केही बोलेनन् । समितिले उनी शोकमा भएकाले केही बोल्न नसक्ने जानकारी गराएको थियो ।

२०७६ असार २४ गते प्रकाशित

वि.सं.२०७६ असार २४ मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...