back
NMB ad

बाढीपहिरो पीडितलाई उपचार र राहत व्यवस्था गर्न केन्द्र सरकारले स्थानीय तहलाई आग्रह

Kumari bank ad

काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढीपहिरोमा परेका पीडितलाई उद्धार गरी औषधि उपचार र राहत व्यवस्था गर्न केन्द्र सरकारले स्थानीय तहलाई आग्रह गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पीडितलाई खाना, बास, औषधि उपचारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्रचार गरेर आग्रह गरेको हो।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले शनिबार पठाएको पत्रमा पीडितको उद्धार र राहत तत्कालै स्थानीय तहबाट मिलाउन आग्रह गरिएको छ। उद्धार र राहतमा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने र राहत वितरण एकद्वार प्रणालीबाट गर्न मन्त्रालयले सुझाव दिएको हो।

आफ्ना स्थानीय तह कार्यक्षेत्र भएका साझेदार संस्थासँग समन्वय गरी पीडितको उद्धार र राहतमा जुट्न मन्त्रालयले आग्रह गरेको छ। विपदका घटना दिनहुँ मन्त्रालयको विपद व्यवस्थापन शाखामा पठाउन पनि भनिएको छ।

बजेटको अभाव भए केन्द्रमा लेखि पठाउने वा कुनै पनि शीर्षकबाट खर्च गर्न सक्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको छ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार ०८:०४ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...