back
NMB ad

अन्तर्राष्ट्रिय सहयोग माग्ने परराष्ट्रको प्रस्ताब, गृहमन्त्रालयले अस्विकार गर्यो

Kumari bank ad

काठमाडौं । शनिबार मध्यान्ह गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ। लगातारको वर्षापछि देशका विभिन्न भूभागमा बाढी पहिरो र डुबानका कारण भएको क्षति र पीडितको उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने विषयको छलफलका लागि बैठक राखिएको थियो ।

बैठकमा गृह रक्षा सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिव उपस्थिति थिए।बैठकमा गृहमन्त्री रामबहादुर थापाले वर्षा सुरु हुनअघि नै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको जानकारी दिए। उनले स्थानीय प्रशासन सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको बताए।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिवले विपतमा परेकाहरुको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग माग गर्ने भन्ने प्रस्ताव राखेको भए पनि बैठकले भने त्यसलाई स्वीकृती दिएन । बैठकले आन्तरिक व्यवस्थापनबाटै राहत र उद्धार गर्न सकिने निष्कर्ष निकाल्दै अहिले नै अन्तर्राष्ट्रिय सहयोगको खाँचो नपरेको निष्कर्ष निकालेको हो । पानी पर्ने क्रम अझै नरोकिए र बाढी पहिरो तथा डुबान हुने क्रम अझै बढेमात्रै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्न सकिने तर अहिले नै त्यो अवस्था नरहेको भन्दै बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकृत गरेको बैठकमा एक सहभागीले जानकारी दिनुभयो ।

बैठकले राहतमा एकद्वार प्रणाली अपनाउने र राहत तथा उद्धारको काम सकिएपछि पुनर्निर्माणको काम अघि बढाउने निर्णए गरेको छ।बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

तत्काल राहतका लागि स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने ठहर पनि बैठकले गरेको छ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार ११:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...