back
NMB ad

नमस्ते मेहेन्दी महोत्सवः यसरी गरिँदैछ श्रावणको स्वागत

Kumari bank ad

काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारा स्थित काठमाडौं मल र पुल्चोक स्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो ।

आयोजक नेटवर्ककी संस्थापक फाइजा परवीनले श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन् । मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरुले सहभागीहरुलाई मेहेन्दी लगाइदिनेछन् । आर्टिस्टहरु सिर्जना शाही, अश्वनी भेटवाल, दिप्सा महर्जन, प्रियम्वदा न्यौपाने, सुष्मा मोक्तान, एलिशा शाही, मनिषा शर्मा, आहाना पन्त, खादिजा शेख, निदा निसार, सोनी गुप्ता लगायतले मेहेन्दीमार्फत आफ्नो कला प्रस्तुत गर्ने छन् ।

‘नेपाली समाजमा मेहेन्दीको विशेष महत्त्व छ, श्रावण महिनामा अझै धेरै प्राथमिकता दिइन्छ,’ नेटवर्ककी संस्थापक परवीनले भनिन्, ‘त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरुसँग मेहेन्दी लगाएर श्रावण महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको छ ।

परम्परागत मूल्य र मान्यताको महत्वलाई अझ बढी प्रचार गर्न आवश्यक रहेको बताउँदै परवीनले मौलिक कला र संस्कृतिलाई बढावा दिन यस्ता कार्यक्रमको आयोजना गरेको उल्लेख गरिन् ।

२०७६ असार ३१ गते प्रकाशित

वि.सं.२०७६ असार ३१ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...