back
NMB ad

आइएसओ ९००१ : २०१५ प्रमाणित सिभिल बैंकलाई मर्जरका निम्ति कुन बैंकले गर्यो प्रस्ताव ?

Kumari bank ad

काठमाडौं । समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक अब आइएसओ ९००१ : २०१५ प्रमाणित बैंक बन्न सफल भएको छ । आज सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइएसओ ९००१ : २०१५ को प्रमाणपत्रको आधिकारिक संस्था युनाइटेड रजिस्टर सिस्टम (युआरएस) नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गर्नुभयो ।

आइएसओ ९००१ : २०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नोसेवा र सुबिधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरास्ट्रियस्तरको सेवा तथा सुबिधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आइएसओ ९००१ : २०१५ प्रमाणीकरणसंगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु ग्राहकहरुकै चाहना अनुरुप आधुनिक डिजिटल बैंकिंगका प्रोडक्टहरु ल्याउने कुरा जनाउनु भयो ।

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छा राज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकाय हरुको सबै नियमहरुको पालना गरि अगाडी बढी रहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरुमा ग्राहकहरु कै सेवा मा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताउनु भयो ।

अध्यक्ष तामाङले अव आउने मौद्रिक नीतिलाई अंगिकार गरेर मर्जरमा जाने बताउनुभयो । उहाँले केही बैंकहरुसंग कुरा अगाडी बढेको बताउँदै आफुभन्दा बलियो र गुडविल भएको बैंकसंग मर्जर गर्ने बताउनुभयो । अध्यक्ष तामाङले सेयर मार्केटमा असर पर्ने भएकाले कुन बैंकसंग मर्जर अगाडी बढेको बताउन चाहनुभएन् । उहाँले स्वाप रेसियो भन्दा पनि वर्किङ कल्चर मिल्नेसंग मर्जरमा जाँदा संस्थाको भविष्य राम्रो हुने र सेयर धनि तथा ग्राहकलाई फाइदा पुग्ने बताउनुभयो ।

२०७६ साउन २ गते प्रकाशित

वि.सं.२०७६ साउन २ बिहीवार १९:१४ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...