back
NMB ad

सुत्केरीको मृत्यु पछि आफन्तले गरे सडक अवरुद्ध

Kumari bank ad

नुवाकोट । जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

बुधबार अस्पताल भर्ना भएकी वस्तीले बिहिवार बिहान सामान्य रुपमा छोराको जन्म दिएकी थिइन्। नवजात शिशुको श्वासप्रश्वासमा समस्या आए पछि कान्ती बाल अस्पताल काठमाडौँ पठाइएको थियो। आमाको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमा राखिएको थियो। सुत्केरी अत्याधिक रक्तश्रावसँगै अर्धचेत अवस्थामा हुँदा समेत अस्पतालले हेलचेक्राई गरेको भन्दै आफन्तहरु आक्रोशित भएका छन्। सडकमा मुडा राख्नुको साथै टायर बालेर पूर्ण रुपमा सडक अवरुद्धको अस्पताल विरुद्ध नाराबाजी गरिरहेको स्थानीय प्रेम लामिछानेले बताए।

लापरवाहीको कारण भन्दा पनि जिल्ला अस्पतालमा उपचारको लागि आवश्यक उपकरण नहुँदा सुत्केरीको मृत्यु भएको डाक्टर मधुकरले बताए। जिल्ला अस्पतालमा उपचार हुन नसकी उनलाई हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौँ लगिएको थियो। अस्पताल श्रोतले उनको मृत्यु भइसकेको जानकारी गराएको परिवारका सदस्यले बताए।

२०७६ साउन १० गते प्रकाशित

वि.सं.२०७६ साउन १० शुक्रवार १०:५९ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...