back
NMB ad

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा आज निर्णय हुने

Kumari bank ad

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा आज मंगलबार निर्णय हुने बताइएको छ।

आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, बालकृष्ण सञ्जेल, तुलाराम थारु, रामकुमार तिवारी , गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल र अमरमान डंगोल सर्वोच्च आएका थिए। जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाई सुरु गर्न सकेको थिइन।  थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरणमा न्यायाधीशहरुले सुनुवाई गर्न टार्दै आएका थिए।

मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरू सर्वोच्च आपुगेका हुन्। २०७५ कात्तिक १२ देखि चैत २४ गतेसम्म आरोपीहरूले सर्वोच्चमा निवेदन दायर गरेका थिए। मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सुरुमा १२ आरोपीले सर्वोच्चमा निवेदन दिएका हुन् । उनीहरुको निवेदनपछि अन्य प्रतिवादीहरु पनि सर्वोच्च आएका थिए।

करिब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।

दुई साता लामो बहशपछि मंगलबारका लागि निर्णय सुनाउने मिति तोकिएको छ। न्यायाधीशद्धय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दा निर्णय गर्न लागेको हो। न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाई सुरु भएको थियो। पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस सोमबार समाप्त भएपछि मंगलबार निर्णय सुनाउने मिति इजलासले तोकेको हो।

 

२०७६ साउन १४ गते प्रकाशित

वि.सं.२०७६ साउन १४ मंगलवार १०:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...