back
NMB ad

बेचबिखनको नयाँ शैली अपनाउँदा उद्धार गर्न समस्या

Kumari bank ad

काठमाडौं । मानव बेचबिखनको मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ ।

अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागी मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी गीता कोइरालाले दलालहरुले बेचबिखनको नयाँ शैली अपनाउँदा उद्धार गर्न समस्या भएको बताउनुभयो । “बेचबिखनमा संलग्न दलालहरुले अभावग्रस्त ठाउँ तथा गरिबीलाई हेर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैगरी व्यक्ति, उसको स्वभाव र उमेर सबै बानीव्यहोरा हेरेर आफ्ना काम अघि बढाउँछन् ।”

आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले पछिल्लो समय देशबाहिर भन्दा पनि आन्तरिक बेचबिखन बढिरहेको बताउनुभयो । बेचबिखनमा परेको व्यक्तिलाई नै आफू बेचिएको थाहा नहुने शाहीले बताउनुभयो । उहाँका अनुसार उजुरी गर्न पीडित पक्ष नै नआउने गरेको उहाँको भनाइ थियो । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सुर्खेत मानव बेचबिखनको हिसाबले जोखिम रहेको बताउनुभयो । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन र तथ्याङ्कअनुसार कर्णाली प्रदेशको १० जिल्लामध्ये सुर्खेत जोखिममा रहेको बताउनुभयो ।

माइती नेपालले गरेको अध्ययनअनुसार सन् २०१८ मा जोखिमपूर्ण यात्राबाट ९०२ जनाको उद्धार गरेकामध्ये ३०६ जना कर्णाली प्रदेशका रहेका छन् । प्रदेशभित्र ११० जना सुर्खेत जिल्लाका रहेका छन् । इन्सेकका प्रदेश संयोजक सुवेदीका अनुसार बालविवाह, गरिबी, बेरोजगार र महिला हिंसाका कारण बेचबिखनका घटना हुने गरेको बताउनुभयो । पछिल्लो समय कीर्ते मायाजाल र विवाह तथा पढाउने, गरगहना किन्ने जस्ता आश्वासन देखाएर पनि मानव बेचबिखन हुने गरेको पाइएको उहाँको भनाइ थियो ।

गरिबी न्यूनीकरण तथा आर्थिक सबलीकरण गराएमा मानव बेचबिखनको अन्त्य हुनसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा न्यायमा पहुँच कार्यक्रमका कानूनी सल्लाहकार चङ्ख सावदले मानव बेचबिखन भएमा जसले पनि उजुरी गर्नसक्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरञ्जन शर्माले दलालले नयाँ शैली अपनाउँदा र पीडितले बयान फेर्दा प्रहरीलाई अनुसन्धान गर्न अप्ठेरो परेको बताउनुभयो ।

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १३:२४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...