back
NMB ad

ह्वावे द्वारा सन् २०१९ को पहिलो ६ महिनाको आय सार्वजनिकः अघिल्लो वर्षको तुलनामा २३.२ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं। ह्वावेले सन् २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ । घोषितआय ४.०१ खर्ब चिनियाँ युआन रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा२३.२ प्रतिशतले वृद्धि हो । सन् २०१९ को पहिलो ६ महिनाको अवधि मा ह्वावेको खुदनाफा ८.७ प्रतिशत रह्यो ।

ह्वावेका अध्यक्ष लियाङ हुआका अनुसार कम्पनीको संचालन सहज रूपमा र सदाजस्तै निकै राम्रो चलिरहेको छ । प्रभावकारी व्यवस्थापन र सबै आर्थिक सूचकांकहरूमा सर्वोत्कृष्ट प्रदर्शनका कारण सन् २०१९ को पहिलो ६ महिनामा ह्वावेको व्यापार निकै मजबुत रहेको छ ।

उत्पादनमा निरन्तर वृद्धि र वायरलेस नेटवर्कहरू, अप्टिकल ट्रान्समिसन, डेटा कम्युनिकेशन्स, आईटी र डोमेनसँग सम्बन्धीउत्पादनहरूको सिपमेन्ट जस्ता कारणहरूले गर्दा ह्वावेको क्यारियर बिजनेस तर्फ बिक्रीबाट आर्जित आय १.४६ खर्ब चिनियाँ युआन पुग्यो । हल सम्म ह्वावेले ५० वटा व्यवसायिक फाइभजी अनुबन्धहरू प्राप्त गर्न सफल भइसकेको छ भने विश्वभर १ लाख ५० हजार भन्दा बढी बेस स्टेशनहरू रहेका छन् ।

ह्वावेको इन्टरप्राइज बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय ३१.६ अर्र्ब चिनियाँ युआन रह्यो । ह्वावेले क्लाउड, आर्टि्भिसल इन्टेलिजन्स, क्याम्पस नेटवर्कहरू, डेटा सेन्टरहरू, इन्टरनेट अफथिङ्स र इन्टेलिजन्ट कम्प्युटिङजस्ता विभिन्न डोमेनहरूमा आफ्नो आईसीटी पोर्टफोलियोलाई ह्वावेले निरन्तर रूपमा सुदृढ तुल्याई रहेको छ । सरकारी तथा युटिलिटी उपभोक्ताहरूका माझ तथा अर्थ, ढुवानी, उर्जा र अटोमोबाइल जस्ता व्यवसायिक क्षेत्रहरूमा पनि विश्वासिलो वितरकका रूपमाह्वावे रहेको छ ।

ह्वावेको कन्ज्युमर बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय२.२० खर्ब चिनियाँ युआन पुग्न सफल भयो । ह्वावेको स्मार्टफोनहरूतर्फको (हनर फोनहरूसहित) सिपमेन्ट संख्या ११.८ करोड वटा पुग्न सफल भयो जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो ।

ह्वावेको ट्याब्लेटहरू, पीसी कम्प्युटरहरू तथा वेयरेबलहरूको सिपमेन्टतर्फ पनि उत्साहजनक वृद्भि भयो । हालसम्म ह्वावेको मोबाइल सर्भिस इकोस्टिमको ८ लाखभन्दा बढी पनि दर्ता गरिएका डेभेलपरहरू र विश्वभर पचास करोडप्रयोगकर्ताहरू रहेका छन्।
मे महिनाभर आम्दानी तीव्र गतिमा बढ्यो ।”लियाङ बताउँछन। “अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षाका लागि जोखिमयुक्त भएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरे पनि वर्षको पहिलो ६ महिनामा हामीले जुन आधार तयार पार्यौँ त्यसले गर्दा बिक्रीमा हामीले निरन्तर वृद्धि देख्यौँ। यसको अर्थ भनेको हाम्रो अगाडि कठिनाइहरू नभएका होइनन् । हामी गर्छौँ र अल्पकालका लागि यसले हाम्रो वृद्धिको गतिमा प्रभाव पार्न सक्छ ।”

उनी थप्छन्–“तर हामी आफ्नो गतिमा कायम रहनेछौँ । हाम्री भविष्यप्रति पूर्ण आशावादी छौँ र पूर्वयोजना अनुरूप नै हामी लगानीलाई निरन्तरता दिनेछौँ र यस वर्ष रिसर्च र डिभेलपमेन्टमा कुल १ .२ खर्ब चिनियाँ युआन लगानी गर्दछौँ । हामी विभिन्न चुनौतीहरू लाई पार गर्नेछौँ र हाम्रो पूर्ण विश्वास छ कि ह्वावे विकासको नयाँ चरणमा प्रवेश गर्नेछ ।”

२०७६ साउन १७ गते प्रकाशित

वि.सं.२०७६ साउन १७ शुक्रवार ०९:५७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...