back
NMB ad

“हाते कागजको बढ्दो माग” – वार्षिक १० लाख बराबरको विक्री

Kumari bank ad

बागलुङ ।    नेपाली हाते कागजको माग अत्यधिक भएपनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ ।

वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौधौ छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा तीन लाखदेखि चार लाख थान कागजको माग आउने गरेको बताउनुहुन्छ । ‘मागअनुसार कागज पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “हाम्रोमा जम्मा डेढ लाख थानसम्म कागज उत्पादन हुन्छ ।’ चैतदेखि जेठसम्म दैनिक एक हजार थानसम्म कागज उत्पादन हुन्छ । अघिपछि दैनिक दुई सयदेखि तीन सय थानसम्म उत्पादन हुने गरेको सञ्चालक घर्तीले बताउनुभयो ।

चर्को घाम लाग्ने याममा कागज छिटो सुक्छ । उहाँले उद्योग सञ्चालन गरेको दुई वर्ष बित्यो । उद्योगमा उहाँसँगै पाँच जना कार्यरत छन् । पाँच ग्रामको एउटा कागजको मूल्य पाँच रुपैयाँ ५० पैसा तोकिएको छ । “ २ सय थानको एक कोरीको मूल्य रु १ हजार १ सय पर्छ”, घर्तीले भन्नुभयो । वार्षिक झण्डै रु १० लाख बराबरको कागज बिक्री हुन्छ । लागत बढी भए पनि मुनाफा भने कम छ । ‘खर्च कटाएर रु १ लाख ५० हजारदेखि रु २ लाखसम्म बच्छ’ उनले भने, ‘गाउँमै उद्यमी भएर बस्न पाउँदा खुसी छु ।’

उद्योग स्थापनाका लागि तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए । घर्तीको व्यक्तिगतरूपमा झण्डै रु १० लाख लगानी छ । उद्योग खुलेपछि काम खोज्दै भौँतारिन नपरेको स्थानीयवासी सीता बिकले बताउनुभयो । बिकसँगै हरिदेवी, धनमाया घर्तीलगायतले उद्योगमा काम गर्छन् । पारिश्रमिक पनि राम्रै थाप्छन् । लोक्ता सङ्कलन गर्न वनमा जानेले पनि उद्योगबाट काम पाएका छन् । उनीहरुले दैनिक ज्यालादारीमा काम गर्छन् । वनबाट एक खेप लोक्त ल्याएवापत रु ६ सय सम्म ज्याला पाउँछन् । उद्योगले लोक्ता झिकेबापत सामुदायिक वनलाई प्रतिकिलो रु १० शुल्क बुझाउनुपर्छ । स्थानीय लोङ्गा र जइलुङ सामुदायिक वनबाट लोक्ता ल्याउने गरिन्छ । उद्योगमा बनेको कागज काठमाडौँ, भक्तपुर, पोखरालगायत शहरमा बिक्री हुन्छ । सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको प्रयोग हुन्छ ।

बढीजसो हस्तकला व्यवसायीले कागज किन्ने गरेको घर्तीले बताउँछन् । हाते कागजको माग हेरेर उद्योग सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिका–५ सीपस्थित ‘डुडेलेक नेपाली हाते कागज उद्योग’ का सञ्चालक प्रेमबहादुर रोकाले बताउनुभयो । उद्योगमा असोजदेखि कागज उत्पादन भइरहेको छ । ६ जना मिलेर खोलेको सो उद्योगमा आधुनिक प्रविधिबाट कागज बनाउने गरिन्छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घले लोक्ता फिट्ने (झोल) बनाउने यन्त्र उपलब्ध गराएको छ । केही वर्षअघिसम्म लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो । चालीस ग्रामको एउटा कागजको मुल्य रु ३० पर्छ । कागजको बजारीकरणमा नेपाल हाते कागज महासङ्घले उद्यमीलाई सघाएको छ । स्थानीय डुडेलेक र अल्बाङ सामुदायिक वनबाट लोक्ता झिक्ने गरिन्छ । लोक्तालाई प्रशोधन गरी कागज निकालिन्छ । उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नहुने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछाने बताउनुभयो । ‘लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ’, उनले भने, ‘लगानी र प्रविधि भित्र्याएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ ।’ उद्योगमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ ।

बागलुङको ताराखोला, पाण्डवखानी, लेखानी, तमानलगायत ठाउँमा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् । लगानी र व्यवस्थापन अभावमा कतिपय उद्योग बन्द छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममा पनि बागलुङको हाते कागज छनोटमा परेको थियो । वनमा त्यसै खेर गइरहेको लोक्ताको सङ्कलन, उत्पादन र बजारीकरण गर्न सके जिल्लाको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ । बागलुङ ‘नेपाली हाते कागजको जिल्ला’ भनेरसमेत चिनिन्छ । बलियो, टिकाउ र किरा नलाग्ने हुँदा नेपाली हाते कागजको प्रयोग बढेको हो । रासस

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १४:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...