back
NMB ad

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्ग पुन मगरले भनिन्–मलाई बचाइदिनुहोस् !डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु

Kumari bank ad

काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत् पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ । भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो ।

रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रोगबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’ उनकी आमा उषा पुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन । छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउ अभियान युवाको तर्फबाट भएको बताए । रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागि सरकार नै लाग्नुपर्ने बताए । मियुङ्ग पुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पाँच लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे ।

कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे । सानै उमेरमा बालिका प्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रिय भएको बताए । उनले भने,‘सबैको सहयोगका लागि आग्रह गर्छौं ।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे ।

मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकीका सांयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन । उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन् ।
समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे । बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग खाँचो रहेको उनले बताए ।

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १०:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...