back
NMB ad

बजेट खर्च हुन नसक्दा विकास प्रभावितः दुई अर्ब बजेट फिर्ता

Kumari bank ad

पाल्पा ।  कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५/७६ मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो ।

पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार मसान्तसम्म खर्च भयो । बाँकी रु पाँच करोड ४१ लाख खर्च हुन सकेन ।

यसरी पाल्पा जिल्लाको विकास बजेटमध्ये रु दुई अर्बभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लामा सङ्घीय र प्रदेश मातहतका कार्यालयमा मात्र रु पाँच अर्ब ५१ करोड ५७ लाख कूल बजेटमध्ये एक अर्ब १३ करोड ५५ लाख खर्च हुन नसकेको हो । यसरी खर्च हुन नसकेका कार्यालयमा कालीगण्डकी करिडोर सडक कार्यालय मात्र होइन, डिभिजन खानेपानी कार्यालयको रु छ करोड ६६ लाख खर्च हुन सकेन । गत आवमा रु २१ करोड ८५ लाख बजेटमा १५ करोड १९ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

पुल योजना कार्यालय रु ५० करोड बजेटमा ४६ करोड ७२ लाख खर्च गर्न सफल बनेको छ । बाँकी रु तीन करोड २८ लाख रकम खर्च गर्न नसक्दा फिर्ता पठाउन बाध्य भएको छ । सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले रु २८ लाख रकम खर्च गर्न सकेन । गत आवमा रु एक करोड २८ लाख कूल बजेटमध्ये एक करोड २० लाख बजेट खर्च गर्न सफल बनेको हो ।

चालूगत खर्च शीर्षकमा रहेको रु २३ लाख खर्च गर्न सकेका छैनन् । तीन करोड पाँच लाख बजेट रहेको तरकारी जोनमा दुई करोड ७२ लाख खर्च भएको हो । सङ्घअन्तर्गत रहेका कार्यालयबाट असार महीनामा मात्र झण्डै ५० प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश सरकार मातहतका कार्यालयका पनि हालत उस्तै रहेको छ । डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भू तथा जलाधार पूर्वाधार व्यवस्थापन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेनरी तथा अस्पताल पशु सेवा विज्ञ कार्यालय, शहरी विकास तथा भवन कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको पनि हालत उस्तै छ । रु चार लाखदेखि झण्डै चार करोडसम्म खर्च हुन नसक्दा रकम फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख उदयराज भट्टराईले ठुलो मात्रा बजेट खर्च हुन नसकेको भन्दै कानूनमा सरकारी खरीदका लागि तोकिएका प्रक्रिया र चरणहरु केही हदसम्म लामो रहेको, ठेक्का व्यवस्थापनकार्य समयमा हुन नसकेको उल्लेख गर्नुभयो ।

जिल्लाको विकासका लागि सङ्घीय सरकार मातहतका ३२ कार्यालयमा रु तीन अर्ब नौ करोड ८७ लाख बजेटमध्ये ७४ करोड १४ लाख खर्च हुनसकेको छैन । सङ्घीय सरकार मातहतका कार्यालयमा रु दुई अर्ब ३५ करोड ३३ लाख मात्र खर्च देखिएको प्रमुख भट्टराईको दाबी छ । सङ्घीय सरकार मातहत ३२ कार्यालय, प्रदेश मातहत १८ कार्यालय छन् ।

जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । स्थानीय तहमा पनि ठूलो मात्रामा बजेट खर्च हुन नसक्दा विकास निर्माण प्रभावित बनेको छ । जिल्लास्थित सरकारी कार्यालयमा जस्तै स्थानीय तहमा पनि असार महीना सबैभन्दा बढी खर्च देखिएको छ । यता, कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले गत आवमा सङ्घीय सरकारतर्फ रु ५३ करोड १५ लाख राजश्व सङ्कलन गरेको छ । -रासस

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ११:२२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...