back
NMB ad

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालन केन्द्र स्थापनाका लागि ८० लाख बजेट विनियोजन

Kumari bank ad

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ ।

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौँ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ ।

सोहीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौँ संशोधन मन्त्रिपरिषद्मा छ । केन्द्र स्थापना भएसँगै त्यहाँबाट तोकिएका बीउप्राणी खरीद गरेर लैजान, अध्ययन, अनुसन्धान गर्न सहज हुने श्रेष्ठले बताएका छन् । ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहनेले सरकारले तोकेको राजश्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकिन्छ भन्ने नमूनासमेत देखाइने उनको भनाइ छ । ऐनको अनुसूची १ मा नभएका मृग प्रजाति, चरा, सर्प, बदेल, बाँदरजस्ता जनावर पाल्न सकिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र बनाउने तयारी गरिएको बताए । सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र बनिरहेको छ ।

२०७६ साउन २७ गते प्रकाशित

 

वि.सं.२०७६ साउन २७ सोमवार ०९:४० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...