back
NMB ad

यूवाहरुलाई स्वदेश मै खपत गर्न सक्ने तागत नबनाएसम्म कृषि क्षेत्र नसुध्रिने

Kumari bank ad

काठमाडौं ।  कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरेका छन् । उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकीर गरे । कृषिका लागि छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्धारा आयोजना गरिएको एशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी समेत गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुक बाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेश मै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए ।  मन्त्री खनालले नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयतकालिन भन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गरे । जति अनुसन्धानहरु भएका छन्, ति अंगे्रजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको भन्दै सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन लागेको उनको भनाई छ । मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।

तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडी बढाइएको बताइएको छ । कार्यक्रममा बोल्दै खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्टिय स्तरको ल्याव भने संभव नभएको बताए ।

विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको र ऐन आएपछि समस्या समाधान हुने मन्त्री खनालको भनाई छ । अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका डीसीएम डा. अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्ने बताए । अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा डा.कुमारको जोड थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सिचाईमन्त्री एनपी साउद लगायतले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सकिने बताएका थिए ।

साउन २८ गतेसम्म संचालन हुने समिटमा नेपाल, भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्ड लगायतका देशहरुबाट १०० जनाको सहभागिता रहेको छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १३:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...