back
NMB ad

४० करोडमा बन्ने भयो दैनिक ४ सय ग्यास सिलिण्डर उत्पादन गर्ने २ प्लान्ट

Kumari bank ad

काठमाडौं । दाङको घोराही र कैलालीको धनगढीमा ४० करोड लागतका ठूला वायो ग्यास प्लान्ट निर्माण गरिने भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा प्लान्ट निर्माण हुन लागेका हुन् । स्थानीय होटल तथा घरमा ग्यास बिक्री वितरण गर्ने उद्देश्यले दुई जिल्लामा प्लान्ट निर्माण गर्ने सम्झौता भएको केन्द्रका कार्यक्रम व्यवस्थापक लवकुमार थापाले बताए । उनका अनुसार घोराहीमा २ हजार र धनगढीमा १८ सय ९२ घनमिटरको प्लान्ट निर्माण गर्न लागिएको हो ।

‘स्थानीय नगरपालिकाले उत्पादन गर्ने फोहोरको उपयोग वायो ग्यास उत्पादन गर्ने गरीको सम्झौता भएको छ, ’ उनले ऊर्जा खबरसँग भने, ‘चालु वर्ष्भित्र निर्माण सम्पन्न गरेर ग्यास उत्पादन सुरु हुन्छ । उनले घोराहीमा २० करोड लागतको प्लान्ट निर्माण गर्न केन्द्रले ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने बताए । बाँकी लगानी व्यावसायीले जुटाउनु पर्छ ।

यस्तै, धनगढीमा १८ सय ९२ घनमिटरको वायो ग्यास प्लान्ट निर्माण गर्न २० करोड ८४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । यो प्लान्ट निर्माणका लागि केन्द्रले ८ करोड ३३ लाख रुपैयाँ अनुदान दिन लागेको पनि थापाले बताए । दुवै जिल्लामा निर्माण हुने यी ठूला प्लान्टले उत्पादन गर्ने वायो ग्यास सिलिन्डरमा भरेर स्थानीय होटल तथा घरमा बिक्री वितरण गरिनेछ । यी प्लान्टले दैनिक ४ सय सिलिन्डर ग्यास उत्पादन गर्ने केन्द्रले जनाएको छ ।

प्लान्ट सञ्चालन गर्न दैनिकरूपमा ३० टनभन्दा बढी फोहोर आवश्यक पर्नेछ । ग्यास उत्पादनपछि दैनिक १५ टनको हाराहारीमा मल पनि प्लान्टले निकासा गर्नेछ । केन्द्रको कार्यक्रम अन्तर्गत अहिले देशभर करिब डेढ सय ठूला वायो ग्यास प्लान्ट निर्माणाधीन छन् । २०७० सालबाट सुरु भएको कार्यक्रम आगामी पुसमा सम्पन्न हुँदैछ ।

ग्यासमाथिको परनिर्भरता कम गरी आयात घटाउने तथा कार्वन उत्सर्जन कम गरी वातावरण जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १४:११ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...