back
NMB ad

भारतीय आलुमा ४७% विषादी

Kumari bank ad

पोखरा ।  प्रदेशको राजधानी पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ ।

भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । “विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,” उनले भने, “त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।”

केही समयअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्वाेमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसँगै कृषि उपज बजार व्यवस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।

पोखराका ४ जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक विषादी भेटिएकाले समितिले उक्त आलु मानवस्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताईन् । उनका अनुसार पोखरामा विगत तीन महिनादेखि फलफूल तथा तरकारीमा विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

प्रायःजसो आलु, प्याज भारतबाट आउने गरेको भन्दै उनले अन्य फलफूल र तरकारी सिजनअनुसार र पोखराको मागअनुसार भारतबाटै धेरै आउने बताइन् ।

पोखरा आउने अन्य फलफूल र तरकारीमा भने केही न केही बिषादीको मात्रा भए पनि खान अयोग्य प्रमाणित भएको भने आलु मात्र भएको नले जानकारी दिइन् ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १४:४९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...