back
NMB ad

युवालाई कृषिमा आकर्षित गर्न ५० करोड

Kumari bank ad

काठमाडौं । सरकारले युवालाई कृषिमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषि उद्यम गर्ने युवालाई न्यूनतम पाँचदेखि १० लाख रुपैयाँ अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका र पढेलेखेका युवालाई कृषिमा सहभागी गराउन यस्तो कार्यक्रम ल्याइएको हो। युवालाई कृषिमा लाग्न अभिप्रेरित गर्न अनुदान दिन लागिएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।

‘कृषिमा व्यवसायीकरण नहुँदा कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ,’ प्रवक्ता सुवेदीले भन्नुभयोे, ‘कृषि उत्पादन बढाउन युवालाई ५० करोड अनुदान दिने तयारीमा छौं।’

सुवेदीका अनुसार न्यूनतम पाँचदेखि १० लाख रुपैयाँ अनुदान दिने गरी मन्त्रालयले कृषिमा युवा कार्यक्रममार्फत अनुदान वितरण गर्न कार्यविधि तयार गरिरहेको छ ।

परम्परागत कृषि प्रणालीले उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि सरकारले यस्तो रणनीति बनाएको खवर नागरिक दैनिकमा छापिएको छ ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १५:५५ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...