back
NMB ad

सबैभन्दा बढी शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडको कारोबार

Kumari bank ad

काठमाण्डौं । गत आर्थिक वर्षमा एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको युनिलिभर नेपाल लिमिटेडको शेयर बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको छ। ९९ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा कमाएको युनिलिभरको नाफा ६ करोड ७४ लाख रुपैयाँ अर्थात् ६.७५ प्रतिशतले बढेको हो।

यस्तै गत आ.व.मा कम्पनीले ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु (उत्पादित समाग्री) बिक्री गरेको छ। यसको समिक्षा अवधि सम्मको विश्लेषण हेर्दा कम्पनीको ब्यापार १८.१९ प्रतिशतले बढेको पाइन्छ । गत आ.व.को चौंथो त्रैमासम्ममामा कम्पनीको व्यापार तथा मुनाफामा सामान्य सुधार भएको थियो । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८६ करोड ८४ लाखको बिक्री गरेको थियो । प्रतिकित्ता शेयर मूल्य १९ हजार ८०० रुपैयाँमा दोस्रो बजारमा कारोबार भईरहेको कम्पनीको मुनाफामा सुधार आएपछि प्रतिशेयर आम्दानीमा पनि ७३ रुपैयाँले सुधार भएको छ। गत वर्षमा वार्षिक प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ ०९ पैसा कायम भएको छ भने अघिल्लो आवमा प्रतिशेयर आम्दानी १०८४ रुपैयाँ ९१ पैसा रहेको कम्पनिले जनाएको छ ।

गत आ.व.को अन्तिम त्रैमासमा कम्पनीको बिक्री १२ करोड ५४ लाखले बढेर एक अर्ब ५७ करोड पुगेतापनि अन्य आम्दानी भने १२ करोड ४३ लाखबाट घटेर ६ करोड ८७ लाख भएको छ । यस्तै लजेष्टिक कस्ट बढेका कारण कम्पनीको अन्तिम त्रैमासमा खुद मुनाफा ५२.९० प्रतिशतबाट घटेर १३ करोड ७७ लाख मात्र आम्दानी भएको छ। अघिल्लो आ.व.को अन्तिम त्रैमासमा कम्पनीले २९ करोड २६ लाख आर्जन गरेको थियो।

कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ भने चुक्ता पूँजी ९ करोड २१ लाख रहेको छ । अघिल्लो आ.व.मा कम्पनीको जगेडा कोषमा एक अर्ब ८१ करोड १४ लाख सञ्चित थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ दुई हजार ५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ छ।

२०७६ असार मसान्तसम्ममा युनिलिभर नेपालसँग कूल ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ। जसमा दुई अर्ब ९५ करोड बराबरको चालु सम्पत्ति र ९९ करोडको स्थिर सम्पत्ति रहेको छ । साथै एक अर्ब ६१ करोड ८६ लाख बराबरको चालु दायित्व, एक करोड अचल दायित्व र २ अर्ब ३२ करोड ५६ लाख इक्वीटी दायित्व रहेको छ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ११:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...