back
NMB ad

देशभर १२ लाख ९५ हजार हेक्टर जमिनमा ९४.४३% रोपाइँ

Kumari bank ad

काठमाडौँ । यस वर्ष ९४.४३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको भदौ १ सम्मको तथ्याङ्कअनुसार देशभर १२ लाख ९५ हजार २८२ हेक्टरमा ९४.४३ प्रतिशत रोपाइँ भएको छ ।

नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ । गत वर्ष यही समयसम्म ९५.३९ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशत कम रोपाइँ भएको छ ।

गत वर्ष यो समयमा १३ लाख आठ हजार ५०० हेक्टरमा ९५.३९ प्रतिशत रोपाइँ हुँदा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादन भएको त्यही वृद्धिका कारण कृषि तथा पशुपक्षी मन्त्रालय उत्साहित भएर आव २०७६/७७ वर्षमा ६० लाख मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

बाढीका कारण ढिलो रोपाइँ, सिँचाइ तथा मलको अभावका कारण लिएको लक्ष्य पूरा नहुने हो कि भन्ने आशङ्का कृषि विभागमा महानिर्देशक सूर्यप्रसाद पौडेलले गर्नुभयो ।

भन्नुभयो, साउन २० देखि २५ गतेसम्मको रोपाइँ राम्रो मानिन्छ तर बाढीका कारण रोपाइँ ढिलो भएको छ, त्यही भएर गत वर्षभन्दा कम उत्पादन हुने हो कि आशङ्का छ ।

यद्यपि उहाँले समयमा मल, सिँचाइ र गोडमेल भयो भने गत वर्ष जतिकै उत्पादन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १०:३१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...