back
NMB ad

हिमाल दोलखा हाइड्रोको ७६ करोडको आईपीओ आज (विहीवार) दिउसो ४ बजे बाँडफाँड

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बिहीबार आज बिहीबार दिउँसो ४ बजे आइपीओ बाँडफाँट कार्यक्रम राखिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा आइपीओ बाँडफाट गरिनेछ । हिमाल दोलखाले असार २५ देखि आइपीओ खुला गरेको थियो ।

यो आइपीओ भर्ने म्याद लम्बिएर साउन २४ गतेसम्म पुगेको थियो । पछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत भर्न दिइएको थियो । सबै नबिकेपछि अन्डरराइटर समेत यो सेयर स्वीकारेका छन । हिमाल दोलखाले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आइपीओ खुला गरेको हो ।

यस कम्पनीले सर्वसाधारणलाई कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको हो । साथै, २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ ।

बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो । हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४।५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन।

माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ ।

यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ । हिमाल दोलखाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुर्याउनेछ ।

कम्पनीले आव २०७६/७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७/७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान गरेको छ ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार ०७:३२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...