back
NMB ad

सामाजिक सञ्जालले टेलिकमको आम्दानी दुष्प्रभावित, एक वर्षमै ७ अर्बले नाफा घट्यो

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत आर्थिक वर्ष (आव) मा पछिल्ला ९ वर्षयताकै न्यून रह्यो ।

आव ७४/७५ मा १७ अर्ब ४८ करोड कमाएको टेलिकमको नाफा आव ७५/७६ मा सात अर्बले घटी १० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

आफ्नो प्रतिस्पर्धी निजीक्षेत्रको एनसेलले सेवा विस्तार गर्नुका साथै कमाइ पनि बढाइरहँदा टेलिकम भने दुवैमा पछाडि पर्दै गएको छ । गत आवमा मोबाइल सेवा नवीकरण शुल्कका रूपमा अर्बौं रुपैयाँ सरकारलाई बुझाउनु पर्दा र कर्पोरेट करको दर बढ्न जादा नाफा खुम्चिन पुगेको टेलिकमको भनाइ छ।

टेलिकमले आफ्नो मोबाइल सेवा अनुमति नवीकरणका लागि प्रत्येक ५ वर्षमा २० अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत आवमा त्यसकै एक किस्ताबापत ४ अर्ब र कर्पोरेट कर शीर्षकमा १ अर्ब सरकारलाई बुझाएको थियो ।

यसका साथै फेसबूक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय र आन्तरिक भ्वाइस कल गर्ने चलन बढेकाले पनि टेलिकमको आम्दानी दुष्प्रभावित भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउनुभएको छ ।

वि.सं.२०७६ भदौ ५ बिहीवार ०८:१५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...