back
NMB ad

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने, यस्तो छ कारण !

Kumari bank ad

काठमाडौं । मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १(भदौ १५)बाट सुरु हुनेभएसँगै विमानस्थलमा७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको हो ।

सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताउनुभयो ।

दोस्रो चरणको “प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ, चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ,” उहाँले भन्नुभयो ।

स्तरोन्नतिका कारण विमानस्थल कार्यालयले विगतमा जस्तो उडान प्रभावित नहुने जनाइएको छ । हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन ।

नयाँ स्वरूपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्नेछ ।-कारोवार दैनिकमा समाचार छ ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार ०९:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...