back
NMB ad

पौने २ करोड नेपाली जनता अझै दाउरामा खाना पकाउन निर्भर

Kumari bank ad

काठमाडौं । देशका १ करोड ८८ लाख जनताले खाना पकाउन परम्परागत दाउराको प्रयोग गर्दै आएका छन । दुर्गम ग्रामीण जनताको भान्छामा वन जंगलको दाउरा र गाईभैंसीको गोबरबाट बनेको गुईंठाको प्रयोग हुने गरेको हो ।

विद्युतीकरण भएका ग्रामीण घरमा पनि खाना पकाउन दाउरा तथा गुईंठाको उपयोग भइरहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नारायण अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले साढे ६२ प्रतिशत घरधुरी अझै परम्परागत ऊर्जाको स्रोतमा निर्भर छन ।

दाउरा र गुईंठालाई वायोग्यास, एपी ग्यास, विद्युतीय चुलोले प्रतिस्थापन गर्ने गरीका विविध कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

केन्द्रले तराईका भान्छालाई गुईंठामुक्त बनाउन वायोग्यास तथा सुधारिएको चुलो प्रवद्र्धन गर्न बहुवर्षिय कार्यक्रम चालू वर्षबाट सञ्चालन गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो ।

वायोग्यास, सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गरी अहिलेको परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झार्ने लक्ष्य छ ।

दाउरा तथा गुईंठा प्रतिस्थापन गर्न अहिलेको ग्यास खपत परिमाणलाई साढे २२ प्रतिशतबाट बढाएर ३९ प्रतिशत पुर्याउने सरकारको योजना छ ।

यस्तै, अहिले ८७.५५ प्रतिशत रहेको विद्युतको पहुँचलाई ९९ प्रतिशत र वार्षिक ऊर्जा खपतलाई २ सय ४५ किलोवाट घन्टाबाट बढाएर १ हजार ५ सय किलोवाट घन्टा पुर्याउने लक्ष्य छ ।

आन्तरिक विद्युत उत्पादन परिमाण बढ्दै गएकाले विद्युतीय उपकरणको प्रयोग बढाउन प्राधिकरणले उपभोक्तामा अनुरोध गर्न थालेको छ ।

सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउन अहिलेको विद्युत उत्पादनको क्षमतालाई बढाएर १५ हजार मेगावाट पुर्याउने पनि सरकारको लक्ष्य छ ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १५:०४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...