back
NMB ad

टेलिकन्फ्रेन्स मार्फत सिंगापुरबाटै प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक

Kumari bank ad

काठमाडौं । पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसेको छ । उपचारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको हो ।

बैठकबारेको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले लेखेका छन, सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।

बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका छन । नेपालका लागि यो नयाँ प्रयोग भएको मन्त्रीहरुले बताएका छन ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा थिएन ।

लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ।प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । ओलीको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...