back
NMB ad

बैंकहरूले ६३ अर्बको ऋणपत्र निष्कासन गर्दै

Kumari bank ad

कठमाडौं । चालू आर्थिक वर्ष्भित्र वाणिज्य बैंकहरूले ६३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने तयारी गरिरहेका छन । वाणिज्य बैंकहरूको ऋणपत्रले वित्तीय र सेयर बजारमा सकारात्मक असर पार्न सक्छ ।

तर, नेपाली सेयरको दोस्रो बजारमा भने हालसम्म ऋणपत्रको कारोबार सक्रिय हुन सकेको छैन । गत आव यस्ता संस्थागत ऋणपत्रको कारोबार दुईपटक मात्र भएको थियो ।

राष्ट्र बैंकले आगामी असार मसान्तभित्र वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशतबराबर अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरूले २५ प्रतिशत ऋणपत्र जारी गर्दा हालको चुक्ता पुँजी २ खर्ब ५२ अर्बका आधारमा बजारमा ६३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन हुनेछ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार गत आवमा १३ अर्ब ३४ करोडको ऋणपत्र कारोबार भएको थियो ।त्यसमध्ये संस्थागत ऋणपत्रको दुईपटक कारोबार भएको हो ।

यस अवधिमा ‘सानिमा बैंक ऋणपत्र २०८५’ को दुईपटक कारोबार भएर ४२ हजार रुपैयाँको ऋणपत्र किनबेच भएको छ ।
नेप्सेमा कुल ९ अर्ब २ करोड रुपैयाँको संस्थागत ऋणपत्र सूचीकृत छ ।

सो अवधिमा कारोबार भएका अन्य सबै सरकारी विकास ऋणपत्र हुन । सरकारका लागि राष्ट्र बैंकले विकास ऋणपत्र निष्कासन गर्ने गर्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार ११:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...