काठमाडौं । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आव २०७५/७६ को मुनाफाबाट कुल चूक्तापूँजीको ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
साथै कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश १ दशमलव ८१ प्रतिशत प्रस्ताव गरेको हो । त्यसैगरी कम्पनीले चूक्तापूँजीको २ दशमलव १ ले हुने हकप्रद शेयर निश्काशन गर्न स्वीकृति माग्ने निर्णय पनि गरेको छ ।
कम्पनीको भदौ १० गते मंगलवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन ।
२०७६ भदौ ११ गते प्रकाशित
वि.सं.२०७६ भदौ ११ बुधवार ११:२५ मा प्रकाशित