back
NMB ad

मध्यपहाडी लोकमार्ग ‘बागलुङ बजार–काठेखोला’ खण्ड एक महिना बन्द हुने

Kumari bank ad

बागलुङ । बागलुङको काठेखोला गाउपालिका अन्तर्गतको मध्यपहाडि लोकमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि काठेखोला १ अक्षेतेविचमा रहेको खहरे क्षेत्रको पहिरो कटान गर्ने प्रयोजनका लागि सवारी साधन आवागमन बन्द हुने भएको हो ।

जिल्लामा बसेको सर्वपक्षीय बैैठकले मध्यपहाडी लोकमार्ग कार्यालयबाट खहरे क्षेत्रको पहरो कटान गर्नुपर्ने उल्लेख गर्दै उक्त सडकमा सवारी साधनहरु चलिरहँदा कार्य सुचारु गर्न कठिनाई पर्ने भएकाले भदौ १८ गते देखी असोज १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

उक्त सडक खण्ड बिहान साढे सात बजेदेखी साढे नौ बजेसम्म र बिहान साढे दश बजेदेखी दिउसो साढे बजेसम्म एक महिनाका लागि बन्द भई निर्माण कार्य हुनेछ ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको विशेष उपस्थिति एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण विहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापा मगर लगायत कार्यालय प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको समुपस्थितिमा वुधवार निर्णय गरिएको हो ।

छलफलमा मध्यपहाडी लोकमार्ग बन्द रहने समयमा खहरे देखी पाला हुँदै अक्षेते सम्मको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने पनि निर्णय भएको छ ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १५:१० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...