back
NMB ad

पहिलो पटक केक काटेर संञ्चार मन्त्रीको यसरी गरियो ‘बर्थडे सेलीब्रेसन’

Kumari bank ad

काभ्रेपलाञ्चोक । सूचना तथा संञ्चार प्रविधीमन्त्री गोकुल बाँस्कोटा बिहिवार निक्कै हतारोमा हुनुहुन्थ्यो ।

प्रतिनिधी सभा र राष्ट्रियसभामा विधेयक पेश गर्नु पर्ने भएकाले काभ्रेको पाँचखालमा सुनकोशी पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजनाको सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम बिहान ८ बजेनै राखिएको थियो ।

कार्यक्रम सकिएपछि खाना खाएर निस्कनै लाग्दा पाँचखालका युवाहरुले २ मिनेट समय दिन माग गरे । युवाहरुले होटलकै टेबुलका केक निकाले, मैनबत्ति केकमा राखे अनि सञ्चारमन्त्री बास्कोटालाई बत्ती बाल्न लगाए ।

मन्त्री बाँस्कोटाले केक काट्नु भयो र पाँचखाल नगरका मेयर महेश खरेललाई खुवाउनुभयो । सहभागीहरुले ताली पिटे अनि मन्त्री बाँस्कोटाको दिर्घायुको कामना गर्नुभयो ।

सञ्चारमन्त्री बास्कोटका अनुसार यसअघिका कुनै पनि जन्मदिनमा केक काट्नु भएको थिएन । आफ्नै गृह जिल्लामा युवाहरुले ‘बर्थडे सेलीब्रेसन’ गराएकोमा मन्त्री बाँस्कोटाले धन्यवाद दिनुभयो ।

युवा संघ पाँचखालका अगुवा प्रताप लामाले आफ्ना प्रिय नेताको जन्मदिन मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । राजधानी दैनिकबाट

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार १४:४८ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...