back
NMB ad

खसीबोका आयातमा कडाइः दशैंमा मासु महँगो हुने, कति हुन्छ त मुल्य ?

Kumari bank ad

काठमाडौं । सरकारले औपचारिक घोषणा विनै खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासु महँगो हुने भएको छ । व्यवसायीहरूका अनुसार दशैंमा खसीको तयारी मासु प्रतिकेजी रू १५०० भन्दा माथि पुग्न सक्नेछ ।

हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सरकारले भारतबाट आयात हुने खसीबोकाको आयातमा कडाइ गरिरहेको छ ।

चौपाया खरीद विक्री संघका अनुसार दशैं तिहारको समयमा उपत्यकामा मात्रै करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन ।

सरकारी कडाइले गर्दा दशैंमा भारतबाट लुकिछिपी खसीबोका ल्याइने र मासुको मूल्य बढ्ने सम्भावना रहेको संघका संरक्षक दीपक थापाले बताउनुभयो ।

उहाँका अनुसार हाल व्यवसायीहरूले भारतबाट लुकिछिपी खसीबोका ल्याएर नेपालका भन्दै बेचिरहेका छन । यसले गर्दा दशैंमा जिउँदो खसीको मूल्य प्रतिकिलो रू.८०० र तयारी मासु प्रतिकेजी रू. १५०० भन्दा माथिसम्म पुग्न सक्ने थापाले बताए ।

हाल उपत्यकामा जिउँदो खसीको मासु प्रतिकेजी रू. ६०० र तयारी मासु प्रतिकेजी रू. १३०० छ । आर्थिक अभियानबाट

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार ०७:५१ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...