back
NMB ad

आदर्श सञ्चारले दियो मृत्यु राहत रकम

Kumari bank ad

बागलुङ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका परिवारको सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत रकम प्रदान गरेको छ ।

बागलुङ नगरपालिका वडानं. २ निवासी संस्थाका शेयर सदस्य राम शर्माकी आमा तथा शेयर सदस्य पूर्णकला शर्माकी सासुआमा हेमकुमारी शर्माको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै मृत्यु राहत रकम हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, उपाध्यक्ष अनन्तबहादुर खड्का, सचिव ललिता थापा लगायतले मृतकका छोरी मन्दिरा शर्मालाई रकम हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले प्रत्येक सदस्यका तर्फबाट परिवारका सदस्यको निधनमा ५ हजार तथा सदस्यको नै निधन भएमा १५ हजार रुपैया प्रदान गर्दै आइरहेको छ । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक कमल लामिछानेले गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गर्दै आइरहेको सदस्य राहत तथा दैवीप्रकोप उद्धारकोषबाट शेयर सदस्यहरु र सदस्यका परिवारको निधनमा मृत्यु राहत रकम प्रदान गर्दै आएको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि दैनिक पत्रिका, साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा साझेदारी, सहकारी र पत्रकारिता सम्बन्धी विभिन्न खाले तालिम तथा सचेतनामुलक कार्यक्रम तथा सामाजिक रुपान्तरणका क्षेत्रमा विविध काम गर्दै आइरहेको छ ।

संस्थाले भदौ २१ गते १३ वार्षिक साधारणसभा आयोजना गरेको र उक्त साधारणसभाकै दिनदेखि आदर्शसञ्चार डटकम अनलाईन समेत सञ्चालन गर्न लागेको संस्थाका कार्यकारी सम्पादक दिल शिरिषले जानकारी दिनुभयो । संस्थामा हाल १ हजार ४ सय जना शेयर सदस्य, ३ करोड १० लाख शेयर पूँजि, १६ करोड बचत, १८ करोड कर्जा लगानी रहेको छ ।

संस्थाले बनाएको १० वर्षे रणनीतिक योजना अनुसार २०८० सालसम्म संस्थाको कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय बनाउनुका साथै ५ हजार भन्दा बढी शेयर सदस्य, ५२ करोड बचत, ५५ करोड कर्जा लगानी गर्ने लक्ष्य रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार ०९:५३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...