back
NMB ad

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको लागि दल दर्ता आव्हान

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि दल दर्ताका लागि आव्हान गरेको छ । आयोगले आउँदो मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनकाल लागि दल दर्ता आव्हान गरेको हो ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले २०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीले भने दल दर्ता गर्नु नपर्ने बताउनुभयो । आयोगका अनुसार तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणबाट बनेको नेकपाले भने उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । आयोगले दल दर्ताको लागि भदौ मसान्तसम्म म्याद दिएको छ ।

दल दर्ताका लागि राजनीतिक दलले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने आयोगले जनाएको छ । दर्ता गर्दा राजनीतिक पार्टीले आफ्नो विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि निवेदनसँगै पेश गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार १६:५८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...