back
NMB ad

सुन तस्करीका अभियुक्तलाई साढे ३५ करोड जरिवाना र ६ वर्ष कैद !

Kumari bank ad

गोरखा । १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले ३५ करोड रुपैयाँ जरिवाना माग दावी गर्दै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको छ ।

सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर विभागले मिसिल र अभियोगपत्र मंगलबार जिल्ला अदालत गोरखामा पठाएको श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

’राजस्व अनुसन्धान विभागबबाट अनुसन्धान सम्बन्धी हालसम्म तयार भएको सम्पूर्ण मिसिल र अभियोग पत्र यहाँ पठाएको छ,’ श्रेस्तेदार अधिकारीले भन्नुभयो, ’प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।’

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको उहाँले बताउनुभयो ।

गत साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ हुलचुकका गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको छ ।

प्रतिवादी गुरुङलाई आर्थिक जरिवानासहित ६ वर्ष कैद सजाय हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ । बरामद भएको सुनको मुल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । प्रतिवादी धनकमल गुरुङले बयानमा लोप्साङ लामा भन्ने व्यक्तिबाट आफूले सुन लिएको बयान दिएका छन ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको हो ।

विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलवारै बयान गरिएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताउनुभयो । अन्नपुर्ण पोष्टबाट

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...