back
NMB ad

पत्रकार रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहारसहित ज्ञापन पत्र

Kumari bank ad

बागलुङ । पोखराका क्रियाशिल पत्रकार ओम हमाललाई विना सर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रधानमन्त्रीलाई नेपालको संविधान उपहार पठाएको छ ।

सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारी लुकबहादु क्षेत्री मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई संविधान उपहार र ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ । गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ ।

‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिहरका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित होइन,’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भन्नुभयोे, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकविरुद्धको ज्यादती भएकोले विरोधमा उत्रिनु परेको हो ।’ प्रधानमन्त्रीलाई संविधान उपहार सांकेतिक विरोध भएको उहाँले बताउनुभयो । -नयाँ पत्रिकाबाट

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १६:२६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...