back
NMB ad

मार्जिन कारोबार राफसाफका लागि छुट्टै हितग्राही खाता

Kumari bank ad

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुले प्रदान गर्ने मार्जिन कारोबारको राफसाफका लागि छुट्टै हितग्राही खाता हुने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।

सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले ब्रोकरहरुको आग्रहमा मार्जिन कारोबारका लागि छुट्टै सफ्वेयर निर्माण गरिएको बताउनुभयो । बोर्डले स्वीकृति दिएसँगै अब मार्जिन कारोबारका लागि सीडीएसले तयार गरेको सफ्वेयर सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

गत असारमा मार्जिन कारोबारका लागि स्वीकृति पाएका ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारको राफसाफको प्रक्रियाका लागि सीडीएसले छुट्टै सफ्वेयर निर्माण गर्नुपर्ने माग गरेका थिए ।

सोही अनुरुप सीडीएसले तयार गरेको उक्त सफ्वेयर सञ्चालनको व्यवस्था नेपाल धितोपत्र बोर्डकोे विनियमावलीमै समावेश गर्नुपर्ने भएकाले विनियमावली संशोधन गरी स्वीकृतिको लागि बोर्डमा पेश गरिएको थियो ।

बोर्डले सीडीएसले पेश गरेको केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई भदौ १८ गते स्वीकृति प्रदान गरेको छ ।

असार १२ गते नै मार्जिन कारोबारका लागि स्वीकृति पाएको ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णु राज ओझाले ‘इन्टर्नल ब्याक अफिस’ तयारीमा रहेकाले सीडीएसले निर्देशन दिएपश्चात तत्काल सेवा शुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ब्रोकरहरुको नयाँ प्रोडक्टको रुपमा रहेको मार्जिन सेवा प्रदान गर्न उत्साहित छौं ।’

नेपाल स्टक एक्सचेञ्जले असार १२ गते पहिलो चरणमा नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका ८ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको अनुमति प्रदान गरेको थियो ।

नेप्सेका अनुसार हालसम्म मार्जिन कारोबारको लागि अनुमति पाउने ब्रोकर कम्पनीहरु १४ पुगेका छन । ब्रोकर कम्पनीहरुले वाणिज्य बैंकको तुलनामा कम ब्याजदरमै मार्जिन कर्जा प्रवाह गर्ने बताएका छन ।-आर्थिक अभियानबाट

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...