back
NMB ad

प्रदेश–३ को सरकारले पर्यटन विकासमा ३ अर्ब खर्चिँदै

Kumari bank ad

हेटौंडा । प्रदेश–३ सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

भ्रमण वर्ष–२०२० लाई लक्षित गरी प्रचारप्रसारको कार्यक्रमका साथ पर्यटन पूर्वाधार निर्माणमा पनि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८७ करोड ९५ हजार रुपैयाँको योजना निर्माण गरी काम अघि बढाएको छ । बजेट बिनियोजन गरी अब कार्यान्वयन प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष पर्यटनको क्षेत्रमा छुट्याइएको झण्डै ६३ प्रतिशत बजेट फ्रिज भएपछि मन्त्रालयले यसवर्षदेखि चाँडै नै आयोजना कार्यान्वयनको काम थाल्न लागिएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिनुभयो ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि मात्र १ अर्ब १ करोड ५३ लाख ९५ हजार छुट्याएको छ भने स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमको लागि ५९ करोड ७५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार १४:३७ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...