back
NMB ad

लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह, नौ दलले निर्वाचन आयोगमा दल दर्ता

Kumari bank ad

काठमाडौँ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन ।

आयोगमा दर्ता नभएका, एकीकरण भई वा गाभिइ नयाँ नाम प्राप्त गरेका तथा विस २०७४ को निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दललाई यही भदौ मसान्तसम्म दल दर्ता गरी उपनिर्वाचनको कार्यमा सहयोग गर्न आयोगले पुनः आग्रह गरेको छ ।

निर्वाचन मुलुकका ३७ जिल्लाका १५४ वडा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका समेत गरी विभिन्न ५१ पदका लागि हुँदैछ ।

उक्त निर्वाचनका लागि आगामी असोज १ देखि ५ गतेसम्म सम्बन्धित वडाका मतदातालाई आआफ्नो वडा कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्याएर नामावली अद्यावधिक (दाबी विरोध) गर्ने कार्यक्रममा सहभागी भई जिम्मेवारी पूरा गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

यसैबीच आयोगले २०७४ को प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भई वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाउन बाँकी रहेका राजनीति दललाई आव २०७४/०७५ सम्मको वार्षिक लेखा परीक्षण प्रतिवेदन यही भदौ मसान्तसम्ममा अनिवार्यरूपमा बुझाउन ध्यानाकर्षण गराएकोे छ । -रासस

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १७:५३ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...