back
NMB ad

ज्ञानेन्द्र शाहीलाई ‘दुर्व्यवहार’ मुद्दा चलाउने तयारी

Kumari bank ad

ललितपुर । शान्ति सुरक्षाका लागि प्रहरी कार्यालय पुर्याएका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले उल्टै प्रहरीलाई दुव्र्यवहार गरेपछि प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने भएको छ ।

ललितपुरको पुल्चोकस्थित एक क्याफेमा पत्रकार सम्मेलन आयोजना स्थलमा हात हालाहालको स्थिति भएपछि सुरक्षाका लागि प्रहरी कार्यालय पुर्याएका शाहीले प्रहरीलाई नै अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाउन लागेको हो ।

उनीविरुद्ध मुद्दा चलाउन अनुसन्धानका लागि उनलाई म्याद लिने तयारी गरेको छ । उनलाई दुव्र्यवहारको मुद्दा चलाउन लागेको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा युटुबर र विद्यार्थीहरुले उनलाई प्रश्नको वर्षा गरेपछि भनाभन भएको थियो । विद्यार्थी र युटुबरहरुले कुटपिट लागेपछि प्रहरीले शाहीलाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय लगेको थियो ।

प्रहरी कार्यालयमा लगेपछि उनले आफूलाई असहज भएको भन्दै अस्पताल लैजान भनेका थिए । प्रहरीले अस्पतालमा लगेर उपचार समेत गराएका थिए ।

शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले मन्त्रीले ढाटेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा युटुबर र विद्यार्थीहरुले उनलाई अभियान गर्ने आर्थिक स्रोत के हो ? भनेर प्रश्न गरेका थिए ।त्यस्तै उनलाई अभियानको नाममा गणतन्त्र विरोधी अभियान गर्न कसले उक्साएको छ ? भनेर पनि सोधेका थिए ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १०:४९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...