back
NMB ad

सेयर बजार उकालो तर्फ, यस्तो छ आजको कारोबार

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिएपछि शेयर बजार परिसूचक नेप्सेले उच्च अंकको छलागं मारेको छ ।

मन्त्रीको बजारमैत्री भाषणपछि नेप्से सूचक दुई दिनमै झण्डै ५० अंक बढेको छ ।लगातार आठ दिन ओरालो लागेको ७२ अंक तल झरेको नेप्सेमा दुई दिनमा करिब ५० अंकको सुधार आएको छ ।

मंगलबार अर्थमन्त्रीले शेयर बजारमा लगानी गर्ने उपयुक्त अवसर आएको भन्दै लगानीकर्तालाई लगानी बढाउन आह्वान गरेकै दिन २७ अंक बढीले उकालो लागेको थियो । सोही क्रमलाई निरन्तरता दिदैं बुधबार पनि बजार २२ अंक बढीले उकालो लागेको छ ।

बुधबार नेप्से सूचक २२.६८ अंकले सुधार हुँदा ११७३.४२ अंकमा पुगेको छ। १.९७ प्रतिशतले सुधार भएको बजारमा ४७ करोड ६८ लाख रुपैयाको कारोबार भएको छ । बुधबारको शेयर बजारमा १२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ ।

यसदिन सबैभन्दा धेरे शिवम सिमेन्टको ६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । कारोबार भएका व्यापारिक बाहेक बाँकी सबै समूह बढेका छन् ।

यसदिन जीवन बिमा समूह सबैभन्दा धेरै १७१.९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १८.७ अंकले उक्लिएको छ ।

सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ४.५४ प्रतिशतले घटेको छ ।

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...