back
NMB ad

जनता बैंकद्वारा लमजुङको फलेनी मा.वि. का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

Kumari bank ad

काठमाडौं । दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको थियो । जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

जनता बैंकले हाल देश भरीबाट गरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताइएको छ ।

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार १२:५६ मा प्रकाशित

You can share this post!

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...