back
NMB ad

जनप्रतिनिधि कि ठेकेदार ? मजदुरले ज्याला पाउन अझै कति वर्ष कुर्नुपर्ने हो ?

Kumari bank ad

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाए ।

“काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो ।

ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिरौंला भनेको त अझ ब्याज मात्र बढेको छ ।”

अनक मात्रै होइनन्, एउटै गाउँका ५० जनाभन्दा बढी मजदूरले काम गरेको ज्याला पाएका छैनन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन् ।

“आज दिन्छु भन्छ, भोलि दिन्छु भन्छ । तर ठेकेदारले भनेको आजभोलि अझै आएन् । अहिले फोन गर्दासमेत सम्पर्क हुँदैन”, धनबहादुर मल्लले भन्नुभयो, “काम गरेर घर चलाउने हामी, पैसा नहुँदैन के खाने भन्ने समस्या प¥यो । ऋण सापट गरेको ठाउँमा पनि तिर्नै पाइएको छैन । सामान दिनै छाडे ।”

अहिले आएर निर्माणको जिम्मा लिएका ठेकेदार जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पैसा दिने टुङ्गो नै छैन । ठेकेदारबीच पैसा कसले दिने भन्ने टुङ्गो नलागेपछि स्थानीय चिन्तित बनेका छन् ।

 २६ लाखको ठेक्का सात लाखमा झारियो

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँँ सडकको कूल लागत रु २६ लाख ३४ हजार ६२६ रहेको छ । ठेकेदारले पैसा नै नदिएर आलटाल गर्दै आएका छन ।

पछि स्थानीयवासीले प्रहरीमा उजुरी दर्ता गरेपछि रु सात लाख दुई हजार ८०७ दिने सहमतिमा गत साउन ४ गते ठेकेदारले प्रहरी कार्यालयमा कागज गरेका थिए ।

प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते रु तीन लाख ५० हजार र साउन मसान्तमा रु तीन लाख ५२ हजार ८०७ ठेकेदार वीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा गरिएको कागजअनुसार सडकको रकम कमिशनमा बढी खर्च भएको उल्लेख गरिएको छ । कागज गरेको दुई महीना बित्दा पनि ठेकेदारको पैसा दिने कुनै सुरसार गरेका छैनन ।

सडक डिभिजन कार्यालय चौरजहारीले २०७५ असार २५ गते २६ लाख ३४ हजार ६२६ सडकको लागत भएको मूल्याङ्कन गरेको थियो ।

१० महीनासम्म कामदारको सटेन चेक

ठेकेदार तेजविक्रम शाहले कामदारलाई दिएको नेपाल बैंक लिमिटेडको चेक जारी गरेको १० महीना बित्दा पनि सटेको छैन । कामदार बुद्धिबहादुर बस्नेतको नाममा काटिएको रु तीन लाख बराबरको चेक साट्न नसकेको हो ।

चेक बोकेर बैंक गएका अनक नेपालीले भन्नुभयो, “बैंकका कर्मचारीले खातामा पैसा नभएको भन्दै फर्काएका छन् ।” नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको ०९४४२५३५२०१०१ नम्बरको चेकमा पैसा नसटेपछि ठेकेदारले भुलाउन खाजेको उहाँले बताउनुभयो । जिल्ला अदालत जाजरकोटले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गर्न नमानेको नेपालीले बताउनुभयो ।

भाइलाई जापान, श्रीमतीलाई जागिर खुवाउने आश देखाएं -ठेकेदार सिंह

ठेकेदार तेजविक्रम शाहले भाइलाई जापान र श्रीमतीलाई जागिर खुवाउने आश देखाएको अर्का निर्माण व्यवसायी वीरबहादुर सिंहले बताउनुभयो । “प्रहरी कार्यालय जानुभन्दा पहिले ठेकेदार तेजविक्रम शाहले मेरो सालो साली जापानमा छन् । म तिम्रो भाइलाई पनि जापान पठाइदिन्छु ।

भाई तिमीलाई समस्या परे जुनसुकै कुरामा हामी सपोर्ट गर्न तयार छौँ उहाँले भन्नुभयो । “अहिले उहाँले तिमीसँग के प्रमाण छ देखाउ भन्नुहुन्छ”, सिंहले भन्नुभयो, “मैले रु एक करोडसम्मको प्रमाण जुटाए । अरु जुटाउन सकेको छैन ।”

सबै पत्रकारले कुरा बुझेका छन् तपाईं पनि बुझ्नुहोस् : ठेकेदार शाह

जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं निर्माण व्यवसायी तेजविक्रम शाहले जाजरकोटका सबै पत्रकारले कुरा बुझेका छन् । तपाईं पनि कुरा बुझ्नुहोस् भनेका छन् । उहाँले भन्नुभयो, “जाजरकोटका सबै पत्रकारले यो कुरा बुझेका छन् । मैले भुक्तानी गर्ने होइन, मैले अख्तियारीको सबै जिम्मा वीरबहादुर सिंहलाई दिएको हुँ ।”

“पैसा दिने काम वीरबहादुरको हो । मैले दिने होइन । मैले वीरबहादुरका आफन्तलाई विदेश जान पनि कुनै किसिमको आश देखाएको होइन । उहाँले सबैलाई झुठ बोल्दै आएका छन । ऊ जहिले पनि भाग्दै हिँड्दै आएको छ । यसको भुक्तानीको विषयमा मलाई भन्दा वीरबहादुरसँग कामदारले पैसा माग्नुपर्छ । मलाई कसैको पैसा ठग्ने विचार छैन ।” निर्माण व्यवसायी शाहको भनाइ छ ।

उहाँले भन्नुभयो, “मैले अनक नेपालीलाई भनेको छु तपाईं वीरबहादुर नाउँमा अदालतमा मुद्दा दिनुहोस् हामी साक्षी बस्न तयार छौँ । रु तीन लाखको चेक दिएको साँचो हो ।

रु तीन लाख फिर्ता दिने भनेर बनाएको चेक हो । म ठेकेदार मात्र होइन, जनप्रतिनिधि पनि हुँ । म ठग्ने प्रयासमा छैन काम नहुँदा चेक नसाट्ने भएको हो ।”

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भन्नुभयो, “लेनदेनको कारोवार प्रशासनले हेर्न नमिल्ने भए तापनि कामदार ठगिएको गुनासो आएकाले ठेकेदार तेजविक्रम शाहलाई बोलाएर छलफल गर्नेछौँ ।” जनता ठगिएको महसुस गरेर प्रशासनले एक चरणमा छलफल गर्ने निर्णय गरेको प्रजिअ पन्तको भनाइ छ । -रासस

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १६:०१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...