back
NMB ad

कृषि बैंक ह्याक प्रकरणः ६९ लाख रकमसहित थप दुई जना पक्राउ

Kumari bank ad

काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यज्ञराजलाई ४५ लाख रकमसहित महेन्द्रनगरबाट र मालतीलाई २४ लाख रकमसहित पर्वतको हुवासबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।

यही प्रकरणमा प्रहरीले १३ जना पक्राउ गरिसकेको छ । यस प्रकरणमा संलग्न रहेका थप एजेन्टहरु खोजी भईरहेको प्रहरीले बताएको छ ।

गत असोज ५ गते बैंकको लाहान शाखाबाट विभिन्न एजेन्टका खातामा ह्याकरले रकम स्थानान्तरण गरेका थिए ।प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अफ्रिकन मुलका पिटर नाम गरेका व्यक्ति मुख्य योजनाकार रहेको र भारतमा बसेर ती एजेन्टमार्फत ५ अर्ब लुट्ने योजना बनाएको खुलेको छ ।

पिटरले १० देखि ३५ प्रतिशतसम्म कमिसन दिएर विभिन्न एजेन्ट मार्फत रकम लुट्ने गरको प्रहरीले जनाएको छ ।बैंकको रकम एजेन्टका खातामा ट्रान्सफर गरिदिने र एजेन्टले हुन्डीमार्फत ह्याकरलाई पठाउन खोजेको प्रहरीको अध्ययनले देखाएको छ। यस विषयमा थप छनबिन चलिरहेको प्रहरीले जनाएको छ ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १५:४९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...