back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नै पेमेन्ट गेटवे सुरु

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नै पेमेन्ट गेटवे सुरु गरेको छ । घटस्थापनाको अवसर पारेर बैंकले आफ्ना डेबिड–क्रेडिट भिसा कार्ड बाहक ग्राहकहरूका लागि गेटवे सुरु गरेको जनाएको छ ।

यो प्रणाली सुरक्षित भएको बैंकले दाबी गरेको छ । व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समयमै (रियल टाइम) यसबाट भुक्तानी हुने छ ।

उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको बैंकले जानकारी दिएको छ । यो प्रणालीबाट व्यापारीहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्न सक्ने बैंकको भनाई छ ।

साथै, कार्ड बाहकहरूले इ–कर्मस साइटबाट सातै दिन चौबीसै घण्टा सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

यो प्रणाली सुरु गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोबारमा २५५ सम्म नगद फिर्ता (क्यास ब्याक) अफर बैंकले घोषणा गरेको छ ।

हाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२२ एटिएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिंदै आएको छ ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...