back
NMB ad

मदिरा बिक्रीमा भारी गिरावट, अन्तः शुल्क २१% घट्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष मदिरा बिक्रीमा भारी गिरावट आएको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मदिरा बिक्रीबापत उठाइने अन्तः शुल्क पनि घटेको छ ।

अघिल्लो आवको सुरु दुई महिनाको तुलनामा चालु आवको यसै अवधिमा अन्तः शुल्क २१ प्रतिशत घटेको विभागले जानकारी दिएको छ ।

आन्तरिक राजस्व कार्यालयले मुलुकभित्र हुने मदिरारबियर बिक्री तथा उत्पादनबापतको अन्तःशुल्क संकलन गर्छ । यसबाट मदिराको बिक्री वा उत्पादनमा कमी आएको स्पष्ट हुन्छ ।

विभागका अनुसार यस अवधिमा दुई अर्ब रुपैयाँको मदिरा उत्पादन तथा बिक्री भएको भएको छ । यस्तै, तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको बियर मात्रै उत्पादन तथा बिक्री भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा मदिराबाट दुई अर्ब ५३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको थियो। २०७४र७५ मा मदिराबाट दुई अर्ब २६ करोड अन्तःशुल्क उठेको थियो ।

चालु आवमा मदिराबाट दुई अर्ब रुपैयाँमात्र अन्तःशुल्क संकलन भएको छ । अघिल्लो आवमा बियर पनि तीन अर्ब ६७ करोड रुपैयाँको बिक्री भएको थियो ।

यसपालि १ प्रतिशतले मदिराको अन्तःशुल्क घटेको छ । २०७४/७५ को दुई महिनाको तुलनामा २०७५/७६ मा बियरबाट संकलन हुने अन्तःशुल्क ६१ प्रतिशतले बढेको थियो ।

यस अवधिमा सरकारले अन्तःशुल्कबापत १४ अर्ब ६० करोड रुपैयाँ बराबरको लक्ष्य लिएको थियो । यद्यपि, ११ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन भएको छ ।

लक्ष्यको तुलनामा ३० प्रतिशत कम अन्तःशुल्क कम भएको छ । मदिरातर्फको अन्तः शुल्कमा आएको गिरावटले लक्ष्यअनुसारको अन्तःशुल्क संकलन नभएको तथ्यांकले देखाउँछ । -अन्नपूर्ण पोष्टबाट

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार ०८:१२ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...