back
NMB ad

शिवश्री हाइड्रोको आईपीओ भोेलि(असोज १६ गते) देखि विक्रीमा

Kumari bank ad

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले असोज १६ गते विहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर विक्री गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानियलाई विक्री हुन नसकेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणलाई विक्री गर्न लागेको छ ।

आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १ गते अनुमति पाएको थियो । यो शेयरको मूल्य प्रतिशेयर रू. १०० तोकिएको छ ।

तोके बमोजिमको आवेदन परे छिटोमा असोज २४ गतेभित्र आवेदन खुला रहनेछ भने त्यस अवधिमा माग बमोजिम आवेदन नपरे कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।  आईपीओ खरीद गर्न चाहनेले सि–आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन ।

साथै मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ ।

आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाको कुल लागत रू. ४ अर्ब ९८ करोड ५९ लाख छ भने प्रति मेगाावाट लागत रू. २२ करोड ४५ लाख ९४ हजार छ ।
हाल रू. १ अर्ब १४ करोड १२ लाख ८६ हजार चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४७ करोड ६४ हजार पुग्नेछ ।

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार १३:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...