back
NMB ad

शिवश्री हाइड्रोले ३३ लाख ५१ हजार १४० कित्ता शेयर आजदेखि विक्री गर्दै

Kumari bank ad

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर विक्री गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानियलाई विक्री हुन नसकेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणलाई विक्री गर्न लागेको छ ।

आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १ गते अनुमति पाएको थियो । यो शेयरको मूल्य प्रतिशेयर रू. १०० तोकिएको छ ।

तोके बमोजिमको आवेदन परे छिटोमा असोज २४ गतेभित्र आवेदन खुला रहनेछ भने त्यस अवधिमा माग बमोजिम आवेदन नपरे कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओ खरीद गर्न चाहनेले सि–आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन ।

साथै मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ ।

आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाको कुल लागत रू. ४ अर्ब ९८ करोड ५९ लाख छ भने प्रति मेगाावाट लागत रू. २२ करोड ४५ लाख ९४ हजार छ ।
हाल रू. १ अर्ब १४ करोड १२ लाख ८६ हजार चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४७ करोड ६४ हजार पुग्नेछ ।

२०७६ असोज १६ गते प्रकाशित

वि.सं.२०७६ असोज १६ बिहीवार ०६:१९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...