back
NMB ad

शेयर बजारमा ५ अंकले गिरावट

Kumari bank ad

काठमाडौं । मंगलबार सुधारको संकेत देखिएको शेयर बजार बुधबार फेरी घटेको छ। आज ५.०१ अंकले घटेर बजार ११३७.०३ अंकमा पुगेको छ।

यस्तै ठुला कम्पनीको कारोबार मापन गर्न सेन्सेटिभ इन्डेक्स पनि १.६४ अंकले घटेर २४८.५८ अंकमा पुगेको छ ।आज नेप्से सुचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।

दिनभरीमा १ सय ५९ कम्पनी ७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको बुधबार जम्मा १९ करोड ६६ लाख १८ हजारको कारोबार भएको छ ।

आज बजार खुलेदेखि नै बजार घट्न थालेको थियो। नेप्से सुचक घटेसँगै उपसुचक भने मिश्रीत देखिएका छन । आज सबैभन्दा बढी विकास बैंकको शेयर ७.४३ अंकले बढ्यो भने जलविद्युत २.७६ र म्युच्युअल फन्डको शेयर ०.०१ अंकले बढेको छ। बाँकी सबै समूह घटेका छन ।

सबैभन्दा बढी उत्पादन उपसमुहको शेयर सुचक १८.९४ अंकले घट्दा होटल सुचको १३.२२ अंकले तथा जीवन बीमा र निर्जीवन बीमा क्रमक १०.८१ र १०.८८ अंकले घट्यो ।

सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भयो। प्रभुको ५ करोड ४४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर करोबार हुँदा दोस्रोमा नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको १ करोड ११ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भयो ।

यस्तै आज सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमइ सम्मुन्नत स्किमका लगानीकर्ता छन् भने सबै भन्दा बढी गुमाउनेमा सिद्धर्थ बैंकका लगानीकर्ता छन ।

२०७६ असोज २९ गते प्रकाशित

वि.सं.२०७६ असोज २९ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...