back
NMB ad

बिस्केट र नयाँ वर्षलाई लक्षित गरी औद्योगिक मेला

Kumari bank ad

रसिला होमागाई । भक्तपुर । नयाँ वर्ष र भक्तपुरको ऐतीहासीक साँस्कृतीक बिस्केट जात्राको अवसरमा औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ । चैत २४ देखि वैशाख ५ गतेसम्म औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले मेला आयोजना गर्ने भएका हुन् ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दीप महतले बताए । मेलाका संयोजक दीपक थापाका अनाुसार अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् ।

मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् । बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अवलोकन गर्न आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने छ ।

करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनी जग्गामा आयोजना गरिने मेलामा करिब २०० स्टल रहने छन् ।

१५ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत १५ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...