back
NMB ad

किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन मन्त्री थापाको आग्रह

Kumari bank ad

काठमाडौ । महिला, बालबालिका,तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ ।

सोमबार लैगिक हिंसा विरुद्धको अभियान बर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले विगतमा राजनिति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको बताउनुभयो ।

उहाँले त्यसैगरी किशोरीहरुले आजका दिनमा समस्यामा परेका व्यक्तीहरुलाई सहयोग गर्ने र सामाजिक समस्या निराकरणका लागि भुमिका निर्वाह गरेर भोलीको नेतृत्वका लागि तयार हुन प्रोत्साहित गर्नुभयोे ।

मन्त्री थापाले भन्नुभयो —“ठाउँठाउँमा गएर बोल्नुहुन्छ,समाजका कुराहरु बुझ्नुहुन्छ त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ ।”

गाउँस्तरका लैगिक समस्या समाधानका लागि किशोरीहरुको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसमा सघाउन अनुरोध गर्नुभयो । “स्थानिय सरकारले तपाइहरुका कुरा सुन्छ,सन्नुपर्छ,तपाइहरुले स्थानिय सरकारलाई आफ्ना कुराहरु राख्नुस,काम गर्न सक्ने बनाउनुस ।”

किशोरी सञ्जालकी अध्यक्ष १७ बर्षकी मेनुका थापाले छोरीहरुले अहिले पनि घरबाट बाहिर निस्केर काम गर्न सक्ने वातावरण नभएको बताउनुभयो ।

उहाँले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको बताउनुभयो ।

थापाले भन्नुभयो “छोरीहरुलाई घरको काममा मात्र सिमित होस् भन्ने धारणा अझैपनि उस्तै छ,बाहिर गयो भने कहाँ गइस ?,किन गइस ? के का लागि गइस ? भनेर सोध्छन ।”

बर्दिया जिल्लाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरु सुनाउन आउनुभएकी १६ बर्षिय दिक्षा गिरीले शिक्षित व्यक्तीहरुबाटै लैगिक विभेद भोग्नुपरेको बताउनुभयो ।

उहाँले घरमै पनि महिनावारी भएको बेलामा बुवाआमाले खाना पकाउन जाउँ भनेर भनेपनि पुजा गर्न जाउँ भनेर चाँही नभनेकोमा गुनासो गर्नुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो । जसका लागि मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तीहरुसंग नियमित छलफल गरिरहेको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १६:०५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...