back
NMB ad

नेपालको संविधानलाई अन्तर्राष्ट्रिय समुदायद्धारा सम्मान

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न सुरु गरेको बताउनुभएको छ । नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहीत समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराउनुभयो । ‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धीलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधान अझ ठूला सम्मान प्राप्त गर्नेछ ।”

प्रधानमन्त्री ओलीले युवा परिचालन सम्बन्धि कानुनी व्यवस्था र त्यसको व्यवहारिक पक्षलाई समेत मुल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो । संविधानमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानुनी व्यवस्था उदारणीय भएकोले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ ।

युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धी भनिएको छ ।
सर्बियाको राजधानी बेलग्रेड हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकार बारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो ।
आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपालालगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।

सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका बीच ग्रहण गर्नुभएको थियो ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १०:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...